काठमाडौ १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको घोषणा पत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेपछि त्यसको जवाफ दिने क्रममा महामन्त्री थापाले ओलीलाई यस्तो सुझाव दिएका हुन् ।
‘बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ‘ उनले भने ।
जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो बताएका थापाले ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने शब्द नै पागल भएको बताएका छन् ।