बिएमडब्लु देखि मर्सिडीज सम्म, २५ वर्षीया जान्हवी कपूरसँग लक्जरी कारहरूको ठूलो कलेक्सन — OSNepal

बिएमडब्लु देखि मर्सिडीज सम्म, २५ वर्षीया जान्हवी कपूरसँग लक्जरी कारहरूको ठूलो कलेक्सन

LC (KTM) April 27, 2022 0

दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी प्यारी छोरी जान्हवी कपूर अहिले आफ्नो आगामी प्रोजेक्टको सुटिङमा व्यस्त छिन् । उनी छिट्टै ‘रणभूमि’, ‘तख्त’, ‘गुड लक जेरी’, ‘मिस्टर एण्ड मिसेस माही’ र ‘बावल’ जस्ता ठूला फिल्ममा देखिनेछिन् । यसबाहेक, उनी सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरूसँग धेरै समय बिताउन मन पराउँछिन् ।

जान्हवीले हरेक दिन आफ्नो सुन्दर तस्बिर भिडियो सेयर गरिरहेकी छिन् । यस बाहेक जान्हवीले आफ्ना मेकअप ट्यूटोरियलका भिडियोहरू आफ्ना फ्यानहरूसँग सेयर गर्छिन्, जसलाई उनका महिला फ्यानहरूले पनि धेरै मन पराउँछन्। सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी जान्हवीले सानै उमेर र समयमै इन्डस्ट्रीका साथै आफ्ना फ्यानमाझ आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।

उनले धेरै फिल्ममा काम गरिन् जसलाई निकै रुचाइएको थियो । योसँगै जान्हवीको अभिनयको पनि निकै तारिफ भइरहेको छ । यस बाहेक जान्हवी आफ्नो लग्जरी गाडीको कलेक्सनका लागि पनि परिचित छिन् । हो, जान्हवीसँग नजिकैका धेरै लक्जरी गाडीहरूको ठूलो संग्रह छ, जसमध्ये केहीको मूल्य करोडौं रुपैयाँसम्म छ । समाचारका अनुसार जान्हवीको पहिलो नम्बर मर्सिडीज जीएलई २५०डी हो, जसको मूल्य करिब ६७ लाख रुपैयाँ रहेको बताइएको छ ।

यसबाहेक जान्हवीसँग बिएम डब्लु एक्स ५ पनि रहेको छ जसको मुल्य करिब ९६ लाख छ। यति मात्र होइन, यी गाडीबाहेक जान्हवीसँग मर्सिडिज बेन्ज एस-क्लास पनि छ ।यो कारको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको बताइएको छ । यति मात्र होइन, यो समयमा जान्हवीको सबैभन्दा महँगो गाडीको कुरा गर्ने हो भने मर्सिडिज मेब्याच एस ५६० को नाम टपमा आउँछ । यो कारको मूल्य १.९४ करोड रुपैयाँसम्म रहेको छ । भनिन्छ, जान्हवीलाई गाडी निकै मन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर