माउन्टेन फ्लाइटको मज्जा लिँदै सगरमाथालाई नजिकबाट हेरेका पवनदीपले यसरी खुशी बाँडे — OSNepal

माउन्टेन फ्लाइटको मज्जा लिँदै सगरमाथालाई नजिकबाट हेरेका पवनदीपले यसरी खुशी बाँडे

LC (KTM) April 27, 2022 0

काठमाडौँ । इन्डियन आइडल विजेता पवनदीपले नेपाल बसाई र घुमघाम रमाइलो भएको छ । नेपाल बसाईको क्रममा उनले सगरमाथालाई नजिकबाट नियाल्न पाउँदा रमाइलो अनुभव भएको बताएका छन् ।

सांगीतिक कार्यक्रमका लागि शनिबार काठमाडौं आएका पवनदीपले फरक अनुभुती भएको बताए । उनले विश्वकै अग्लो सगरमाथा चढ्नु सबैको लागि सम्भव नभएको भन्दै सगरमाथा हेर्नको लागि माउन्टेन फ्लाइट पनि रमाईलो हुने बताए । उनले हालै बुद्ध एयरको जहाजमा माउन्टेन फ्लाइटको मज्जा लिएका ।

यो पनि : ‘लुट’को तेस्रो सिक्वेल निर्माण गरिने, निश्चल बस्नेतले सुरु गरे फिल्मको स्क्रिप्ट लेख्न बहुचर्चित फिल्म ‘लुट’को तेस्रो सिक्वेल बन्ने भएको छ ।

नेपाली फिल्म नहेर्ने पुस्ताका लागि पनि हलसम्म तान्न सफल भएको फिल्मका रुपमा परिचय बनाएको लुटको तेस्रो सिक्वेलको हाल स्क्रिप्टमा काम सुरु भइरहेको निर्माता माधव वाग्लेले जानकारी दिए ।

निर्माण यूनिटका अनुसार फिल्मको स्क्रिप्ट निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखी रहेका छन् । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । निश्चल यती बेला होम प्रोडक्सन फिल्म ‘जिन्दाबाद’ र ‘२ रुपैयाँ’को सिक्वेलको लेखनमा पनि व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर