२ सातमा नै ९ सय करोड माथि कमायो ‘केजीएफ - २’ ले — OSNepal

२ सातमा नै ९ सय करोड माथि कमायो ‘केजीएफ – २’ ले

LC (KTM) April 27, 2022 0

काठमाडौँ । बहुचर्चित कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले ९ सय करोड भन्दा बढी भारु आम्दानी गरेको छ । भारतीय मिडियाका अनुसार फिल्म रिलिज गरिएको २ सातको तथ्यांक अनुसार फिल्मले ९ सय करोड आम्दानी गर्न सफल भएको हो ।

स्रोतका अनुसार फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६।१२ करोड भारु कमाइ गरेको । रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको फिल्लाई प्रशान्त नीलको लेखन तथा निर्देशन रहेको छ । फिल्म भारतमा ६ हजार स्क्रिनमा प्रदर्शन हुनेछ ।

यो पनि ‘लुट’को तेस्रो सिक्वेल निर्माण गरिने, निश्चल बस्नेतले सुरु गरे फिल्मको स्क्रिप्ट लेख्न बहुचर्चित फिल्म ‘लुट’को तेस्रो सिक्वेल बन्ने भएको छ ।
नेपाली फिल्म नहेर्ने पुस्ताका लागि पनि हलसम्म तान्न सफल भएको फिल्मका रुपमा परिचय बनाएको लुटको तेस्रो सिक्वेलको हाल स्क्रिप्टमा काम सुरु भइरहेको निर्माता माधव वाग्लेले जानकारी दिए ।

निर्माण यूनिटका अनुसार फिल्मको स्क्रिप्ट निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखी रहेका छन् । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । निश्चल यती बेला होम प्रोडक्सन फिल्म ‘जिन्दाबाद’ र ‘२ रुपैयाँ’को सिक्वेलको लेखनमा पनि व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर