प्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर बाहिरियो — OSNepal

प्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर बाहिरियो

LC (KTM) April 27, 2022 0

प्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर बाहिरियो, फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ

काठमाडौँ । प्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर रिलिज गरिएको छ ।

‘कबड्डी ४–द फाइनल म्याच’को बुधबार सार्वजनिक ४ मिनेट २८ सेकेण्ड लामो ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बरालको वरिपरी घुमेको छ ।

फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्म बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको हो ।

समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

‘कबड्डी ४’ जेठ १३ मा प्रदर्शनमा आउने तयारीमा रहेकमो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर