नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरू प्रधानमन्त्रीको निवास बालुवाटारबाट पक्राउ — OSNepal

नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरू प्रधानमन्त्रीको निवास बालुवाटारबाट पक्राउ

LC (KTM) June 11, 2021 0


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका नागरिक अगुवाहरुलाई आज शक्रबार प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र संग्रौला, नारायण वाग्ले , सञ्जिव उप्रेती लगायतका अगुवाहरु रहेका छन् । पक्राउ परेका केहिलाई प्रहरीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । विरोधमा उत्रिएकाहरुले प्लेकार्डमा ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा बालुवाटारमा लगाएका थिए ।

विरोधमा उत्रिएका नागरिक अगुवाहरुले सर्वोच्च अदालतको निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको प्रति पनि विरोध जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर