विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियान सुरु — OSNepal

विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियान सुरु

LC (KTM) April 27, 2022 0

काठमाडौँ-विश्वकीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको छ । उहाँले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको हो । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी गरेको छ ।

नेपालको अन्य अल्पसङ्ख्यक जातिमध्ये दनुवार पनि हो । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि दनुवार जातिको सङ्ख्या ८४ हजार ११५ रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ, सुनसरी, रौतहट मकवानपुर, सर्लाहीलगायत जिल्लामा दनुवार जातिको बसोबास हुँदै आएको छ ।

दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहुविवाहको प्रचलन छदँैछ । गरिबी र जनचेतनाको अभावजस्ता बाध्यात्मक कारणबाहेक सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृतिविना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि यो समाजमा विद्यमान छ ।

उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपालको दक्षिणीतर्फबाट ( २०७५ जेठ ९ गते ) र उत्तरी मोहोडा (तिब्बततर्फबाट २०७६ जेठ ९ गते)का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्वकीर्तिमानी राख्न सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १००औँ दिन तथा वाङ्मय शताब्दीपुरुष डा सत्यमोहनजोशीको १००औँ जन्मोत्सवको उपलक्ष्यमा महर्जनले नगरपालिकाको लोगो अङ्कित झन्डा र जोशीको फोटो अङ्कित झन्डा सर्वोच्च शिखर सगरमाथामा फह¥याएको थियो भने एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियान–२०१९ (विसं २०७५ जेठ ९ गते) का दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेको हो । आरोही महर्जनले यो अभियानलाई सामुदायिक विद्यालयमा प्रभावकारी ढङ्गले अघि बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर