अन्तत बालेन शाहको पक्षमा बोले रवि लामिछाने, सर्मथन गर्दै भने 'यो काठमाडौँको मुहार नै फेर्ने अवसर हो' — OSNepal

अन्तत बालेन शाहको पक्षमा बोले रवि लामिछाने, सर्मथन गर्दै भने ‘यो काठमाडौँको मुहार नै फेर्ने अवसर हो’

LC (KTM) April 27, 2022 0

काठमाडौँ ।चर्चित संचारकर्मी रवि लामिछानेले अब ठूला दल र आफ्नो, तेरो मेरो नभनी विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रविले ठुला दलहरु भन्दै हिँड्ने समय सकिएको दाबी गरे ।

फेसबुकमा रविले स्टाटस लेख्दै र्यापर इञ्जिनियर बालेन शाहको तारिफ गर्दै उनलाई सर्मथन समेत गरेका छन् । रविले लेखेका छन् ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर।

जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।

रविले अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पनि वैकल्पिक शक्तिबाट उदाएका नेताहरुलाई सर्मथन गरेका थिए भने अहिले स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा बोलीरहेका छन् ।

यो पनि : बालेन शाहलाई भोट माग्दै इन्दिरा जोशी र स्वस्तिममाले भने हाम्रो भोट त बालेन लाइ नै हो : गएको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको विबेकशिल साझाबाट टिकट पाएर चर्चा कमाएकी पात्र हुन् रञ्जु दर्शना ।

सानै उमेरमा कामठमाडौँको मेयर बन्ने सपना देखेपनि रञ्जु सामाजिक संजालमा मात्रै चचिृत बनिन् । उनी सामाजिक संजालमा जति चर्चित बनिन् यर्थाथमा उनी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बनिन् । र१जुको उदाहरण दिँदै अहिले इञ्जिनियर बालेन शाह फेरी चर्चामा छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका र्यापर तथा इन्जिनियर बालेन शाहलाई काठमाडौँबासीले मात्रै नभई फिल्मीकर्मीले पनि साथ दिइरहेका छन् । बालेनको चुनावी घोषणा पत्र सार्वजनिक भएसँगै उनलाई भोट दिन अपिल गर्दै फिल्मीकर्मीहरुले सामाजिक संजालमा उनको चुनावी एजेन्डा पोष्ट गर्दै बालेनलाई भोट दिन अनुरोध गरिरहेका छन् । चर्चित राजनैतिक पार्टी काँग्रेस र एमालेका अगाडी स्वतन्त्र उम्मेद्धवारलाई चुनावको सामना गर्नु फलामको चिउरा चपाएसरह नै हुने पक्का छ ।

बालेनलाई मतदान गर्न भन्दै निर्देशक निश्चल बस्नेत, गायिका इन्दिरा जोशी, निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा कलाकार दीपकराज गिरी लगायतले सार्वजनिक रुपमा नै सहयोगको अपिल गरेका छन् ।

निर्देशक खनालले बालेनलाई भोट दिन आग्रह गर्दै उनका घोषणा पत्र पोष्ट गरेका छन् । नायिका स्वस्तिमा खड्काले पनि बालेनको घोषणा पत्र पोष्ट गर्दै भोटका लागि अपिल गरेकी छिन् । यस्तै, निर्देशक प्रदीप भट्टराइले पनि हामीले छान्ने हरेक उम्मेदवार चाहे स्वतन्त्र होस् या कुनै दलको, व्यक्तिगत रुपमा यत्तिको जिम्मेवार, इमान्दार अनी स्पष्ट हुनैपर्छ भन्दै उनको पक्षमा भोट मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर