यतिबेला देशभर स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भईसकेको छ । सबै दलले आ–आफ्ना उम्मेद्धार खडा गरेर चुनावी मैदानमा होमिएका छन् । कतिपय दलले गठबन्धन बनाएर चुनावमा उत्रिएका छन् । यो चुनावी माहोलले आफ्नै पार्टी भित्र बिबाद सिर्जना गराएको पनि परिदृश्य उत्तिकै देखिएको छ ।
यस्तै झापाको कन्काई नगरपालिकामा रहेर लामो समय देखी कांग्रेसमा क्रियाशिल रहेका समाजसेवी शेरबहादुर थापा लाई कांग्रेसले टिकट नदिए पछि पार्टी परित्याग गर्दै मेयर पदमा स्वतन्त्र उम्मेद्धारी दिएका छन् । कोरोनाको महामारीका बेला नगरबासीको घर घरमा पुगेर उनले सहयोग गरेका थिए । नगरमा उनको राम्रो छाप रहेको छ ।
अहिले उनै स्वतन्त्र मेयर पदका उम्मेद्धारलाई नेकपा ९माओवादी केन्द्र०, नेकपा९एकीकृत समाजबादी०, जनता समाज पार्टीले साथ दिएका छन् । कांग्रेस परित्याग गरी स्वतन्त्र रुपमा मेयरको उम्मेद्वार मनोनयन दर्ता गराएका शेरबहादुर थापा संग संयुक्त गठबन्धन भएको छ ।
स्वतन्त्र मेयर पदमा मनोनयन दर्ता गराएका उम्मेद्वार शेरबहादुर थापा र उपमेयरमा नेकपा एसकी अम्बिकादेबी महत उप्रेतीलाई दिने निर्णय भइसकेको नेकपा एसका नगर सचिव तथा गठबन्धनको प्रचारप्रसार समितिका सदस्य पुर्णकुमार नेवारले जानकारी दिए । त्यस्तै माओवादी र जसपालाई वडाअध्यक्ष तथा सदस्य दिने गरी छलफल चलिरहेको उनले जानकारी दिए ।