नायिका नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा भित्रिए बलिउड अभिनेता प्रदीप — OSNepal

नायिका नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा भित्रिए बलिउड अभिनेता प्रदीप

LC (KTM) April 26, 2022 0

काठमाडौँ । नायिका नीता ढुंगानाले प्रेमी हरिहर अधिकारीसँग मिलेर बनाउन लागेको फिल्मको यतिबेला चर्चा चुलीएको छ ।

नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन् भने फिल्म नेपाल र भारतमा छायांकन हुने बताइएको फिल्म नेपाली र हिन्दी भाषामै तयार हुने बताइरहेका बेला सोही फिल्ममा बलिउड अभिनेता प्रदीप राम सिंह रावत अनुबन्धित भएका छन्।

यसको जानकारी नीताले सामाजिक संजालका माध्यमबाट गराएकी हुन् । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत उक्त जानकारी गराउँदै भनिन् ‘ह्रस्व दीर्घमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।’

साउथ फिल्ममा अभिनय गर्दै आएका प्रदीप र नीताले भोजपुरी फिल्म ‘माही’ मा सहकार्य गरेका थिए। भोजपुरी फिल्म माहीमा काम गरेको भएकोले उनीसँग राम्रो सम्बन्ध बनेको बताइन्छ ।

फिल्म ‘गजनी’मा खलनायक बनेर अभिनय गरेपछि वाहवाही बटुलेका प्रदिपका ‘दुश्मनी’,’देवर’,’मार्केट राजा एमबिबिएस’,’एलेक्सन’,’चाइना टाउन’, ‘सर्दार कबर्सिङ’ लगायत फिल्म चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर