दिनहरु बित्दै थिए एकदिन उनीसँग क्याम्पसको चौरमा संगै बसेर घाम ताप्दा परिचय गर्ने अवसर मिल्यो उनको नाम रहेछ लक्ष्मी पौडेल मैले हत्तपत्त सोधे तिम्रो घरमा कता नि उनि हास्दै पाङ भनिन् । त्यसैगरी उनले मेरो नाम , ठेगाना , परिवार सबै सोधिन् म पनि उनलाई नै यी सबै कुराको उत्तर दिए । आजबाट हामी साथी भएका थियौं हामीले एक अर्काको मोबाइल नम्बर पनि साटासाट गर्यौ फेसबुकमा फ्रेन्ड पनि भयौं। फेसबुकमा म्यासेजहरू साटासाट हुन थालिसकेको थियो । अनि फोनमा कुरा पनि निरन्तर भैरहने माहोल सिर्जना भइसकेको थियो ।
हामी एउटै संकायका विद्यार्थी थिए भएपनि हाम्रो विषयको फरक फरक थियो त्यसैले अनिवार्य विषयको पर्दा मात्र हामी संगै एउटै हलमा हुन्थ्यौ । त्यसपछाडि मेजर विषय पढ्नका लागि छुट्टाछुट्टै हलमा जानुपर्दथ्यो । अनिवार्य विषय पढ्दा लगभग हामी एउटै बेन्चमा बसेर धेरै हल्ला गर्दथ्यो । उनी कहिलेकाहीँ भन्ने गर्दथिन् हल्ला मात्र गर्ने होइन पढ्नु पनि पर्दछ भनेर सम्झाउदथिन । म हाँस्दै छोडिदेउ त्यो परीक्षाको रुटिन निकालेपछि के गर्ने हो र बिस्तारै पढैला भन्दै उल्टै तिनलाई जिस्काइदिन्थे । उनी मज्जाले हाँस्दै मलाई कति हावा हो के कहिलेकाहीँ त सिरियस भइ न भन्दै गाली पनि गर्दथिन्। सांची उनले भनेको कुराले मलाई कहिलेकाहीँ सिरियस पनि बन्नपर्दछ है भन्ने लाग्दथ्यो ।
हामी यति नजिक भइसकेका थियौं कि खाजा खान संगै , घुम्न संगै , पढ्न संगै प्रायजसो कोठामा पनि संगै संगै बित्न थालेका थिए दिनहरु । खाजा खान काम लागि गइने गोविन्दाज रेष्टुरेन्टमा पनि कहिलेकाहीँ एक्लै जाँदा आज किन एक्लै नि भन्दै जिस्काउन थालिसकेका थिए । कतै कुनै ठाउँमा एक्लै हुँदा तिमीलाई खुव मिस गर्दथे म । उनको घर जानका लागि धेरै समय लाग्ने थिएन लगभग बसमा एक घण्टा लाग्दथ्यो । उनी विदाको समय , चाडपर्वमा , परीक्षा सकिएको अन्तिम दिन तुरुन्त घरमा गईहाल्थिइन् । मलाई उनी घर गईन कि बजारमै छिन यो कुरामा म निक्कै चाँसो लिन्थे । उनी फोन गर्दथिन् र भन्थिन् म चाडै आउछु भन्दै ,म उनलाई खुव घुर्काउथे छिटो आउ नभाए म बोल्दिन उनलाई त्यो कुरा उनलाई खुव मन पर्दथ्यो ।
व्याचलरको सुरुवातदेखि हाम्रो यात्रा अन्तिम वर्षसम्म यसरी बितेको थियो कि कुनै दिनमा केही कुराको चिन्ता नै थिएन ।जब चौथो वर्षको परीक्षा सुरुवात हुन थाल्यो अनि सोचे अब उनीबाट नचाहेरै पनि टाढा हुने दिन नजिकिदै छ म अभाब भए । परीक्षाका दिनहरु नजिकिँदै थिए त्यसको केहीको समयमा परीक्षा चलिरहेको थियो । म परीक्षा हलबाट बाहिर निस्किनासाथ आँखाले हजारौ परीक्षार्थीको भिडमा उनलाई नै खोजिरहेको हुन्थ्यो । जब उनलाई भेट्थे कस्तो गरिस परिक्षा भन्दै सिरियस भएर सोध थिन अनि म हास्दै राम्रो भयो भन्दै उत्तर दिन्थे । किन किन परीक्षा जति नै नराम्रो भएपनि उनलाई भेटेपछि नराम्रो भन्न मनले मान्ने नै थिएन । उनले मुख अमिलो पार्दै आज त हेर न एउटा लङ कोइस्चनन उल्टे लेखेर आएछु भन्दै भनिन् म भने टेन्सन नगर पास भइहाल्छै नि भन्दै सम्झाई रहे । यसरी व्याजलरको अन्तिम परीक्षा पनि सकियो हामी भेटेर अनेक गफगाफ गर्यौं उनी भोली घरमा जाने बताइन र गईन पनि ।
घरमा गए पनि हामी निरन्तर फोन फेसबुक या जहाँ जुन ठाउँमा जसरी सम्भब हुन्छ त्यसरी नै कुराकानी गर्ने गर्दथ्यौ । परीक्षा सकिएको केही दिनपछाडि हाम्रो प्राक्टिकलको रूटिङ पनि आयो। उनी घर भएपनि प्राक्टिकलको लागि आउनुपर्ने थियो । सौभाग्यवश हामी एउटै विद्यालयमा परेका थियौं निकै रमाइलो त्यो झन् कहिले भुल्न नसकिने गरी अब त अन्तिम वर्षहरु भन्दै गरेको त्यो रमाइलो पल म कसरी विर्सु ? बिडम्बना यस्तो थियो कि उनको एक बजे पछाडि विद्यालय पुग्नुपर्ने भने मेरो एक बजे निस्कनुपर्ने । हप्तामा एक दिन भेट हुन्थ्यौं शुक्रबार बांकी दिन कसरी विते कस्ले के कुरा गर्यो यि सबै कुरा हाम्रो फोनबाट नै हुन्थ्यो। प्राक्टिकलको अन्तिम दिन हामी सबै साथीहरु विद्यालयबाट विदाइ भएर आफूभन्दा ठूला गुरुजनहरुबाट आशिर्बाद लिएर फोटोसुट गरेर घरमा फर्कियौं घरमा फर्किदा निकै ठूलो पानी परेको थियो। त्यो दिन अझैपनि याद छ मलाई ।
जब विद्यालयबाट घर फर्किदै थिए धेरै कुरा सोचे बाहिर जस्तो परिस्थिति थियो ठ्याक्कै भित्र त्यो भन्दा बढी तहल्का मच्चिरहेको थियो । अब उनीसँग बिताउने दिन सकिएको थियो । घरमा आए धेरै कुरा सोचे पिडा भुलाउने एकमात्र औषधि थियो मोबाइल । मोबाइल खोले तिम्रा ति म्यासेजहरु अनि तिम्रो त्यो स्टोरी म निकै बेर आफूले आफैंलाई नै सम्हाल्ने प्रयास गरे निकै गाह्रो त्यो अतित भुल्न ।
अन्तिम दिन हामी पुनः क्याम्पसमा रिपोर्ट बुझाउन सँगै गयौं र बुझाएर निस्कदा उनी भनिन् अब त यहाँ आउने पनि यतिकै भन्दै थिइन् म आफूले आफुलाई नै सम्हाल्दै हो त है संगै डिग्री यहि पढैला भन्दै जबर्जस्ती हासे उनी पनि हासिन | क्याम्पसबाट निस्कदा उनीसँग एकपल पनि छुट्टिन मन थिएन । मैले भने जाउँन संगै बसेर चिसो खाउँ न त भन्दै हामी क्याफे तिर लाग्यौं । केही बेर संगै कुरा गरे पछाडि उनी हतारिदै भनिन् आज म घर जाने समानहरु मिलाउनु छ म जान्छु है भन्दै भनिन् मैले जबर्जस्ती हस् भन्दै थिए । उनी ‘बाईवाई , सि यु अगेन ‘ भन्दै थिइन् म मन्द मुस्कानका साथ “नाइस टु मिट यु ” भने उनी मेरो आँखाबाट ओझेल भईन । मलाई भने एकाएक घाम भएको ठाउँमा कालो बादल मडारिदा मौसम परिवर्तन हुन्छ त्यस्तै मेरो अनुहार ठ्याक्कै त्यस्तै भएजस्तो महसुस भयो ।
उनीसँग छुट्टिएको केही हप्ता पछाडी चैते दशै, नयाँ वर्षसँगै आइरहेको थियो । म आउ न बागलुङ भन्दै धेरै कर गरे उनलाई गाउँमा धेरै काम हुने भएकाले फुर्सद नहुने बताइन् । यसरी नै उनीसँग छुट्टिएर धेरै हप्ता बिताउने प्रयास गरे ।
नयाँ वर्षको दिनथियो उनलाई धेरै म्यासेजहरु पठाएँ सायद उनी व्यस्त भएर होला रिप्लाई दिन भ्याएकी थिइनन् ।नयाँ वर्ष नयाँ खुसी , नयाँ जोश, नयां उमंगका साथ निकै रमाइलो गरी बितेको दिन थियो । साँझपख मलाई एक जना साथीले फोन गरी कता छौ भन्दै हत्तपत्त लक्ष्मिको विवाह रे पसि भन्दै सुनाउदै थिइन म एकछिन छांटाबाट खसेजस्तै भए । किनकिन मेरो बोली नै रोकियो बोल्न खोजे तर बोलि आएन जबर्जस्ती ‘ के रे ‘ भन्न भ्याएछु । उताबाट सबै कुरा साथीले भनिरहेकी थिइन् म चाही सुनिरहेँ । करिब रातिको एघार बजे पछाडिको उनले मलाई फोन गरेकी रहिछन् मैले थाहा पाइँनछु ।
अर्को दिन अर्थात दुई गते बिहान करिव पाँच बजेको समयमा उनको फोन आयो । सबै कुरा थाहा पाएर पनि नपाएजस्तो गरी उनले भनेका कुरामा अ अ भन्दै सुनिरहेँ । लगभग दुई मिनेटको फोनपछि उनी भनिन् जसरी पनि आउ नभए म बोल्दिन भन्दै मलाई धेरै टाइम छौन हौ पछाडि कुरा गर्छु भन्दै फोन राखिन । घन्टौंसम्म कुरा गरेर नसकिने हाम्रा ति गफगाफ आज दुई मिनेटमै सकिसकेको थियो । लगातार साथीहरुको फोन पालैपालो मोबाइलमा आउन थाल्यो फोन उठाएपछि सबैको संवाद एउटै थियो त त विशेष मान्छे जानुपर्दछ तौले नै नजाने कुरा गरेपछाडी को जान्छन् त भन्दै सबैले यही कुरा बताए म सुनिरहेँ । यतिकैमा त्यो दिन पनि बित्यो पहिला भन्दा निक्कै फरक दिनका रुपमा बितेको थियो त्यो दिन।
अर्को दिन अर्थात् तिन गते उनको विवाह दिन रहेको थियो ।म बिहान उठेदेखि उनी के गर्दै छिन होला कस्ति भाकी छन् होला भन्दै धेरै वेर उनलाई ज्यादा सम्झिरहे । विहानको दश बजिसकेको थियो । उनको विवाह मन्दिरबाट हुँदै थियो करिब पैचालिस मिनेटको बसको यात्रा गरी सकेपछाडि हामी उनले भनेको हो लोकेसनमा ठ्याक्कै पुग्यौं । गेटबाट ठ्याक्कै भित्र छिदै थियौं उनी पनि उताबाट केही मान्छेको हुलसँगै आए आएकी थिइन् । जब उनलाई देखि मन अभाक भयो । धेरै दिनपछि भेटिएकी उनी निकै राम्री र सुसोभित देखेकी थिइन् । सदाका दिनभन्दा निकै फरक उनलाई भेटेर धेरै कुरा , धेरै रमाइलो गर्ने इच्छा हुँदाहुँदै पनि के गर्नु उनी विवाह बन्धनमा बाँधिदै थिइन । जन्मेको घर , थर ,परिवेश सबै आजबाट फेरिएको थियो उनको । विवाह मण्डपमा बसेर पूजा गरिरहेको त्यो सुन्दर जोडीमा मान्छेहरु पालैपालो फोटो खिच्न लावालस्कर लागिरहेको थियो । तिमीसँग जोडिएका ती हरेक कुराहरु देख्दा मलाई एकाएक आँखाअगाडि कुनै फिल्मको सुटिङ भएजस्तो महसुस भइरहेको थियो ।
तिमीसँग बिताएका पलहरु एकाएक सम्झिए आँखाबाट आँसुका थोपा झानु बाहेक अरु कुनै विकल्प थिएन मसँग । निकै गाह्रो त्यो बिदाइको समय तिमिबाट एकछिन पनि टाढा नहुने मन हुँदाहुँदै तिमीबाट टाढिनुपर्ने वाध्यतामा थिए । तिमी टाढा गएपनि तिम्रा यादहरु भने ताजा नै रहे । बिदाईमा जबरजस्ती हल्लाएका ती हातहरु झट्पट आँखाको डिल नजिकै पुगेर आँसुका ढिक्काहरु पुच्छन समेत म भ्याइसकेका थिए । तिमी सधै खुसी बन हौ प्रिय म तिमीलाई कहिले देख्न सक्दिन आज तिम्रो बारेमा खुब लेख्न मन लाग्यो अनि लेखे यो संस्मरण तिम्रो निम्ति।
“बिदाइको बेला तिम्रा आँखाको नानीबाट तल झर्न आतुर आँसुहरु ले झैँ हाम्रो समाजले पनि एक अवला नारीलाई विवाह मण्डपमा त्यसरी नै जबर्जस्त बस्न बाध्य नपारोस्।”
” तिमीसंग बिहे को बेलामा तिमीसँग फोटो खिच्न आत्तुर ति तिम्रा मित्रहरु को जमात तिमी जस्तै नारीहरू दाईजोको नाउमा कूटिदा, पिटिदा ,शोसित हुदा, घरेलु हिसां पर्दा त्यहि जमात फेरि तिम्रो न्याएको निमित्त सदैव मुकाबुला गर्न तत्पर रहुँन । ” दुःख र सुख त जाडो र गर्मी जस्ता एक पछि अर्को आउने प्रकिया हुन् ।
विद्रोहि आवाजमा तिम्रो तर्फबाट हरेक नारीलाई बैवाहिक जिवनको संदेश एवम धेरै धेरै शुभकामना ।
ए महाशय,मेरो शुभकामना संदेश को तोडमोड गर्ने प्रयास नगरिसियोस् ।