अदालतको फैसलालाई लिएर थापाले भने-'एक माघले जाडो जाँदैन' — OSNepal

अदालतको फैसलालाई लिएर थापाले भने-‘एक माघले जाडो जाँदैन’

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालको राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकोले फैसला त्यसैअनुरूप हुनुपर्ने बताएका छन् । थापाले आज सामाजिक सञ्जाल मार्फत पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवाहार गलत भएको दावी गरेका छन् । उनले यो विषय गलत भएको टिप्पणी गर्दै एक माघले जाडो जाँदैन भन्दै सचेत गराएका छन् ।

उनले भनेका छन्,“नेपालको राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको छ । अदालतको फैसला त्यसैअनुरूप हुनुपर्छ । पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवाहार गलत हो । एकै माघले जाडो त जाँदैन,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर