चितवन १३ वैशाख । स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक छोरी रेणु दाहालको उम्मेदवारी दर्ता गर्न चितवनको भरतपुर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार काठमाडौ फर्किएका छन् ।
केहि नेता तथा आफन्तहरुलाई भेट गरेका प्रचण्ड भरतपुर आएको केहि घण्टामै काठमाडौं फर्किएका हुन् । सत्ता गठवन्धनको सहमति अनुसार भरतपुरको मेयर माओवादीले पाए पनि कांग्रेसले यसको विरोध गर्दै आएको छ ।
कांग्रेसबाट वागी उम्मेदवार पनि परेको छ । यस विषयमा भने प्रचण्डले कुनै छलफल नगरेको बुझिएको छ ।