काठमाडौं १३ वैशाख । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउने विषयमा पहल भइरहेको बताएका छन् ।
सत्ता गठवन्धनबाटै पोखरा महानगरपालिका र भरपुर महानगरपालिकामा कांग्रेसबाट वागी उम्मेदवार उठेपछि यतिबेला माओवादी र नेकपा एकिकृत समाजवादीलाई सकस परेको छ ।
सत्ता गठवन्धनको सहमति विपरित भएको उम्मेदवारी फिता गराउने विषयमा पहल भइरहेको नेता गुरुङले जनाएका हुन् ।
कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका बताएका उनले संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको बताएका छन् ।