कालीकोटमा विप्लव नेकपाको उम्मेदवारी — OSNepal

कालीकोटमा विप्लव नेकपाको उम्मेदवारी

LC (KTM) April 26, 2022 0

मान्म, १३ वैशाख – विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । विसी उक्त पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ भने विक उक्त पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइबुहारी हुनुहुन्छ ।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुनुहुन्छ । खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा तथा उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत रहनुभएको ऐडीले बताउनुभयो । कालीकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो । सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर