देउवालाई पर्यो गठवन्धनको पासो , आफ्नै गृहजिल्लामा कांग्रेस फुट्यो, फुटेको कांग्रेस एमालेमा मिल्यो — OSNepal

देउवालाई पर्यो गठवन्धनको पासो , आफ्नै गृहजिल्लामा कांग्रेस फुट्यो, फुटेको कांग्रेस एमालेमा मिल्यो

LC (KTM) April 26, 2022 0

काठमाडौ १३ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेधुरा कांग्रेस नै फुटेको छ । डडेधुराका पुर्व सभापति कर्ण मल्ल समुह कांग्रेसबाट अलग भएर नेकपा एमालेसँग गठवन्धन गर्दे चुनावमा उत्रिएको छ ।

डडेल्धुरामा दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको छ । जसमा नेकपा एमालेले जिल्लाका ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा एमालेले उम्मेदवारी दिएको छ भने ,३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा कांग्रेसको भाग परेको छ ।

कांग्रेसको भागमा परेको गन्यापधुरामा अध्यक्षमा सुरेन्द्र माली र एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन् । आलितालमा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीको उम्मेद वारी पर्दा स्वतन्त्रबाट कांग्रेसकै मल्ल समुहबाट टेकबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

=यसैगरी, गठवन्धनको आधारमा दरमुकामको अमरगढी नगरपालिकामा एमाले र कांग्रेस बीपी गठबन्धनबाट प्रमुखमा बीपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको छ ।

कुन नगर / गाउँपालिकामा पर्यो कसको उम्मेदवारी ?

-परशुराम नगरपालिका : मेयरमा एमालेका केशव बोह रा , उपमेयरमा एमालेबाट गौमती पन्त , उपप्रमुखमा बीपीबाट गोपा थापा
-अजयमेरु गाउँपालिका : अध्यक्षमा पदम पाल र उपाध्यक्षमा बीपीका रामचन्द्र ऐर
-नवदुर्गा गाउँपालिका : कांग्रेस बीपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा एमालेबाट वीरबहादुर विष्ट
-भागेश्वर : अध्यक्षमा रामबहादुर शाही र उपाध्यक्ष कांग्रेस बीपीबाट नरबहादुर ठकुराठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर