प्रभु साह भन्छन् 'नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ' — OSNepal

प्रभु साह भन्छन् ‘नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ’

LC (KTM) June 11, 2021 0

काठमाडौं-पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

उक्त अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्चले बिहीबार आदेश दिएपछि शाहले यस्तो बताएका हुन् ।उक्त आदेशपछि पूर्वमन्त्री साहले असन्तुष्टि जनाएका छन्।

उनले भनेका छन्आधारहीन भविष्यवाणी गरी गैरजिम्मेवारीपूर्ण तरिकाले अध्यादेश कार्यान्वयन गर्न रोक्नु संवैधानिक प्रावधानमाथिको हस्तक्षेप मात्र नभई सिंगै न्यायालयप्रतिको अपमान हो,’ अदालतको आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने र जनतामा राज्यप्रति अविश्वास बढाउने छ । प्रभु साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर