रुपन्देही १३ वैशाख । वैशाख ३० गते सम्पन हुने स्थानीय तह निर्वाचनको लागि २१ वर्षीय स्वेताकुमारी हरिजनले वडा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ मा नेकपा एमालेबाट आफ्नो उम्मदवारी दर्ता गराएकी हुन् ।
दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी उनी जिल्लाको १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु भन्ने लागेर आफुले उम्मेदवारी दिएको बताएकी छन् ।