एन्फा महिला संघमा विमला र डोल्माको प्रतिस्पर्धा हुने — OSNepal

एन्फा महिला संघमा विमला र डोल्माको प्रतिस्पर्धा हुने

LC (KTM) April 26, 2022 0

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको महिला फुटबल संघको अध्यक्षका लागि विमला पौडेल र पेमा डोल्मा लामाबीच प्रतिस्पर्धा हुने भएको छ ।विमला आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा निर्विरोध हुने तय भएसँगै हालकी महासचिव पेमाले उम्मेदवारी दिएकी हुन् ।पेमा एन्फा महिला कमिटीकी संयोजक समेत हुन् । राखेपको बोर्ड सदस्य समेत रहेकी पेमा ओलम्पिक कमिटी अन्तर्गत रहेको महिला संघको सदस्य हुन् ।

यता, विमला भने राष्ट्रिय खेलाडी र ओलम्पिक कमिटी अन्तर्गत रहेको महिला संघकी सदस्य हुन् । महिला संघको चुनाव भोलि (सोमबार) एन्फा मुख्यालयमा हुनेछ । संघको भोटर संख्या ४३ रहेको छ ।यस्तै, उपाध्यक्ष पदका लागि पनि चार जनाको उम्मेदवारी परेको छ । जसबाट तीन निर्वाचित हुनेछन् । संघको उपाध्यक्षका लागि प्रमिलासिंह श्रेष्ठ, रमा भट्टराई, लुना प्रधान र कमलासिंह हिराचनले उम्मेदवारी दिएका छन् ।

संघको सदस्य भने निर्विरोध चयन भएका छन् । एन्फाको केन्द्रीय चुनाव ६ असारलाई तय भएसँगै निर्वाचनका लागि मताधिकार प्राप्त एन्फासम्बन्धित संघहरूको नयाँ नेतृत्व चयन भइरहेको छ ।
एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले भोट हाल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर