आईपीएल : चेन्नई पञ्जाब संग ११ रनले पराजित — OSNepal

आईपीएल : चेन्नई पञ्जाब संग ११ रनले पराजित

LC (KTM) April 25, 2022 0

साबिकको बिजेता चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स संग पराजित भएको छ । मुम्बईमा सोमबार राति सम्पन्न खेलमा न्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो ।पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रुतुराज गायकवाडले ३० रन जोडे ।

कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए ।पन्जाबका कागिसो राबडा र ऋषि धवनले २र२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे ।चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।पन्जाबकोथो जित हो ।छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ ।नवौं स्थानको चेन्नईको यो छैटौं हार हो ।चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर