पोखरा १२ वैशाख । सत्ता गठवन्धनको सहमति अनुसार नेकपा एकीकृत समाजवादीलाई परेको पोखरा महानगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसका तिन जना नेताले वागी उम्मेदवार दिएका छन् ।
गठवन्धनको सहमति र नियम विपरित कांग्रेसका नेता नन्दूप्रसाद तिवारी जो सभापति शेरबहादुर देउवा समुहका हुन् । तिवारी सँगै मेयरमा उम्मेद वारी दर्ता गराउनेमा विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटा रहेका छन् ।यी दुवैले आइतबार नै आफ्नो मनोयन दर्ता गरेका हुन् ।
यता , भरतपुरमा पनि कांग्रेसका जगन्नाथ पौडेलले वागी उम्मेदवारी दिएका छन् । भरतपुर र पोख रा कांग्रेसले पाउनु पर्ने भन्दै जिल्लाका कांग्रेस नेताहरु आक्रोशित बन्दै आएका थिए ।
गठवन्धनको साथमा निर्वाचनमा होमिएका माओवादी र एकीकृत समाजवादी कांग्रेसको वागी उम्मेदवारको कारण अब अप्ठ्यारो पर्ने भएको छ ।
पोखराका कांग्रेस नेताहरुले पोखरा महानगर नपाए स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने भन्दै केन्द्रलाई चेता वनी समेत दिएका थिए ।