सिन्धुपाल्चोक १२ वैशाख । जिल्लाको चौतारा नगपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षमा बिच झडप भएको छ ।
उम्मेदवारी दिने पक्ष र दिन नपाएको पक्षबिच भएको झडपमा नगरपालिकामा समेत तोडफोड भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
दुई पक्षबिच भएको घम्साघम्सीलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रूग्याँस पनि प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको बताइएको छ ।
स्थानीयलाई भन्दा पनि काठमाडौंमा बस्ने लाई मनोनयन गरिएको विषयमा दुई पक्ष बिच झडप भएको बताइएको छ ।