सुनसरी १२ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।
इटहरीमा मेयर गठवन्धनको सहमति अनुसार दुई उपमहानगरपालिकाको मेयर पाएको कांग्रेसले सोमबार उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार इटहरीमा मेयर हेमकर्ण पौडेल जो नेता डा. शेखर कोइराला निकटका हुन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।
धरानको लागि मेयरमा किशोर राईको नाम टुंगो लागेको छ जो सभापति शेरबहादुर देउवा निकट हुन् ।