काठमाडौं -काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल अन्तत पछि हटेका छन् । उनले मेयरमा नउठी संसदीय चुनाव लड्ने बताएका हुन् । साथीहरुको सल्लाह र सुझाब अनुसार उनले स्थानीय चुनावमा नउठ्ने निधो गरेको बताएका छन् ।
महानगरपालिकाको मेयर एउटा सिमित दायरामा बाँधिनुपर्ने र २४सै घन्टा खटिनुपर्ने भएकाले पनि यो पद आफ्नो लागि उपयुक्त नहुने निस्कर्षमा पुगेको उनले बताए ।संसदको चुनाव लड्ने निश्चित भए पनि कहाँबाट लड्ने भन्ने निर्णय नभएको बताए ।
काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्रबाट संसदीय चुनावमा उम्मेदवार दिन सक्ने बताए । म भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध अभियानमा छु,’ उनले भने, ‘जुन निर्वाचन क्षेत्रमा नामुद भ्रष्टाचारी र ठगले उम्मेदवार दिन्छन्, त्यसैबाट लड्छु खरेलले भने