काठमाडौं १२ वैशाख । सत्ता गठवन्धनको सहमति अनुसार नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठवन्धनको सहमति अनुसार ललितपुरको मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।
तर, नेता शाक्यले गठवन्धनको नियम विपरित उपमेयरमा उम्मेदवारी दिएका हुन् ।