काठमाडौं १२ वैशाख । स्थानीय तह निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक नगर्ने भएको छ । अन्य पार्टीले भने चु नावी घोषणा पत्र जारी गरिरहेको छ ।
स्थानीय तहले आ–आफैं घोषणा पत्र बनाउने बताएका नेता हरिबोल गजुरेलले केन्द्रबाट भने जारी नगर्ने जनाएका छन् । गत चैत २२ गते जारी गरेको अपिल लाई आधार मानेर माओवादी केन्द्रका स्थानीय तहले त्यसैलाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने जनाएको छ ।
आफुहरुले केन्द्रबाट घोषणा–पत्र, प्रतिवद्धता–पत्र ल्याएर हस्तक्षेप नगर्ने बताएका नेता वर्षमान पुनले भनेका छन्, ‘जसले कार्यान्वयन गर्ने हो, जसले नजिक बसेर काम गर्ने हो, उसैले तयार गरोस् र भोलि ऊ जवाफदेही होस् ‘ ।
संघीयतामा पनि स्थानीय चुनावको घोषणापत्र केन्द्रबाट आउनु उचित नहुने पनि नेता पुनले बताएका छन् ।