ललितपुर १२ वैशाख । वैशाख ३०. गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन लाई टिकट दिएको छ ।
हालका मेयर महर्जनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दोहोर्याउने भन्दै उनलाई नै मेयरको टिकट दिने पक्का भएको हो ।
उनी सँगै ललिपुरको मेयरको लागि प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम पनि चर्चा रहेका थियो ।
यो पनि …
नेपाली कांग्रेसले अघि सार्यो विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई
काठमाडौ १२ वैशाख । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई अघि सारेको छ । शेखर कोइराला निकट नागेशलाई मेयर पदको लागि अघि सारिएको हो ।
हालका मेयर भीम पराजुलीलाई दोहो¥याउने कि कोइरालालाई मेयरको उम्मेदवार बनाउने विषयमा कांग्रेसमा बहस नै चलेको थियो ।
सत्ता गठवन्धनको सहमति अनुसार कांग्रसले काठमाडौं ललितपुर र विराटनगर पाएको थियो ।