काठमाडौं १२ वैशाख । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको लागि राप्रपाले उम्मेदवारको नाम चयन गरेको छ । मेयरमा राप्रपाबाट प्रह्लाद साहको नाम परेको छ ।
त्यसैगरी, उपमेयरमा बबिता आचार्यको नाम टुंंग्गो लागेको छ । विराटनगरका पूर्वमेयर समेत रहेका साह राप्रपाका महामन्त्री हुन् ।
यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । आइतबार र आज सोमबार मनोनय दर्ताको समय तोकिएको छ ।