बार्सिलोना घरेलु मैदानमा पराजित — OSNepal

बार्सिलोना घरेलु मैदानमा पराजित

LC (KTM) April 25, 2022 0

काठमाडौं, १२ वैशाख-स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ ।हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर