इंग्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपुर्ण जित — OSNepal

इंग्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपुर्ण जित

LC (KTM) April 24, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई एक शुन्य गोल अन्तरले हराएको छ ।चेल्सीको जितमा क्रिस्टियन पुलिसिच नायक बने । उनले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरे ।त्यसअघि ८७ औं मिनेटमा जोर्गिन्हो पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

८६ औं क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।यस जितसँगै चेल्सीले ३२ खेलमा ६५ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ ।वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।अर्को खेलमा बर्नलीले उल्भ्सलाई १-० ले हराएको छ । ब्राइटन र साउथह्याम्पटनले २(२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर