आईपीएलमा जित बिहिन हुने एक्लो टिम मुम्बई , लगातार आठौ हार — OSNepal

आईपीएलमा जित बिहिन हुने एक्लो टिम मुम्बई , लगातार आठौ हार

LC (KTM) April 24, 2022 0

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल टीट्वान्टी क्रिकेटमा कुनै जादु देखाृउन सकेन । अन्तत ः मुम्बईले लगातार आठौं हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो । लखनउ मुम्बई समक्ष १ सय ६९ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए ।तिलक वर्माले ३८ रन जोड्दा केइरन पोलार्डले १९ रन जोडे । लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । लखनउका कप्तान केएल राहुलले अविजित रहदै १ सय ३ रनको शतकीय इनिङ खेले ।मनिस पाण्डेले २२ रन जोड्दा आयुसले १४ रन बनाए ।मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले २-२ विकेट लिए ।यससँगै जारी सिजन लखनउले पाँचौ जित निकालेको छ ।नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक जोडेको छ ।मुम्बई ८ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर