काठमाडौं ११ वैशाख । काभ्रेमा सत्ता गठवन्धनबिच भागवण्डा मिलेको छ । आज बसेको गठवन्धनको प्रदेश बैठकमा काभ्रेमा भागवण्डा बिच सहमति भएको हो ।
उक्त सहमति पत्रमा नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सहमति भए अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका को नेतृत्व गर्ने भएको छ ।
माओवादीले चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका गरी चार गाउँ पालिकाकोअ नेतृत्व गर्न पाउने भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादी समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिने सहमति भएको छ ।