काठमाडौं ११ वैशाख । जनता समाजवादी पार्टी जसपाले २०७९ सालको स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको सार्वजनिक घोषणा पमा उल्लेख गरिएको छ ।
मुलुकको आर्थिक वृद्धि न्यून हुन पुग्नुका साथै आर्थिक असमानता, बेरोजगारी, सामाजिक विभेद, सीमान्तकृत समुदायको बहिष्करण, लोकतन्त्रको संकुचन जस्ता समस्या दिनानुदिन बढिरहहेका हुन् । यसले गर्दा जनसमुदायमा निराशा बढेको छ ।घोषणापत्रमा भनिएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत शीर्ष नेताहरूले घोषणापत्रमा सार्वजनिक गरेका हुन् ।
यही मौका देखेर देशमा यदाकदा सामन्ती निरंकुशतावादी तत्व सल्बलाउने चेष्टा गर्दैछ । इतिहासको रंगमञ्चबाट बिदा भइसकेका यस्ता तत्वहरूले अनेक झुठा र भ्रमपूर्ण तर्क अघि सार्दै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतालाई बदनाम गर्ने षड्यन्त्र गर्दै आएका छन् ।
साथै, मुलुकमा उक्त प्रवृति बढ्दै गएको भन्दै जसपाले त्यसको अन्त्य गर्नका लागि वैज्ञानिक समाजवादी चिन्तन पद्दति र परम्पराको सृजनशील विकासमार्फत विचारधारात्मक शून्यता र संकटलाई चिर्नुपर्ने उल्लेख गरेको छ ।