काठमाडौं ११ वैशाख । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत लक्षित गरी टिप्पणी गरिएको छ ।
कांग्रेसले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने भन्दै जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता गरेको जनाएको छ ।
एमालेले समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरेको समेतघोषणपत्रमा उल्लेख गरिएको छ ।
देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समते जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउने निष्कर्ष निकालेको कांग्रेसले निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिब बीचको असमानताको खाडल अझ फराकिलो बनाउने निष्कर्ष निकालेको छ ।
निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गनेृ ।
महिला माथी हुने हिंसा, जातीय भेदभाव,लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामाप्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं।