धनगढी ११ वैशाख । नेकपा एमालेले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको दागि कैलालीमा पनि ११ वटै स्थानीय तहमा उम्मदवारको टुंग्गो लगाएको छ । बाँकी दुई वटा चुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन भने बाँकी रहेको बताइएको छ ।
टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी को टुंग्गो लागेको छ । लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरीको नाम टुंग्गो लाग्दा घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला उम्मेदवार बनेका छन् ।
त्यसैगरी, गौरीगंगा नगरपालिका : मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह,
गोदावरी नगरपालिका : मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया
भजनी नगरपालिक : मेयरमा हर्क बुढा र उपेयरमा तुलसी चौधरी
गाउँपालिका वडाअध्यक्ष र उपाध्यक्षमा
जानकी गाउँपालिका : अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी,
जोशीपुर गाउँपालिका : अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल,
कैलारी गाउँपालिका : अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी,
बर्दगोरिया गाउँपालिका : अध्यक्षमा कर्ण कुँवर र इन्दु चौधरी रहेका छन् ।