नेपालको लोकतन्त्र पटक–पटक दक्षिणपन्थी अतिवाद र वामपन्थी उग्रवादको आक्रमणवाट जोखिममा पर्दैआएको छ ।
नेपाली कांग्रेसले नै यस्ता उग्र दक्षिणपन्थी र उग्र वामपन्थी अतिवादका विरुद्ध नेपाली जनतालाईसंगठित गर्दै लोकतन्त्र, मानव अधिकार, समुन्नती, उदार र भयमुक्त समाजको बलियो आधारशिला खडा गरेको छ ।
नेपाली कांग्रस पार्टीले नै समुन्नतिको युगको समेत नेतृत्वको गर्नु पर्ने अभिभारा इतिहासले हाम्रो काँधमा सुम्पिएको वास्तविकता विगत पांच वर्षको विश्रृखंलित अभ्यासले पुष्टि भइसकेको छ । घोषणा पत्रमा उल्लेख गरिएको छ ।
संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानून सब्घ र प्रदेशले एक वर्ष भित्र निर्माण र परिमार्जन गर्ने, तथा एक वर्ष भित्र सब्घीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।
एक वर्ष भित्र स्थानीय सरकारलाई थप स्रोत–साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने,
स्थानीय सरकारको माग, क्षमता र आवश्यकताका आधारमा बजेट बिनियोजन, समानिकरण अनुदान वृद्धि,पूर्वाधार लगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने, विभिन्न तहका वीचमा रहेको कार्यगत अष्पष्टता तथा नीतिगत अन्योलतालाई स्पष्ट पार्ने, जिल्ला समन्वय समिति लगायत जिल्लाका संरचनाहरूको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने ।
स्रोतसाधनको परिचालन, नीति, योजना र कानून तर्जुमा गर्दा तीन तहबीच दोहोरोपन हटाउन समन्वय,संविधानको भावना र मर्म अनुसार स्थानीय सरकारलाई स्वायत्त रुपमा सञ्चालन गर्न संघीय र प्रदेश सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अबलम्वन र संस्थागत गर्ने,स्थानीय सरकारको कार्य सम्पादनको समीक्षा गर्ने उद्देश्यले पार्टीले हरेक बर्ष अनुभव साटासाट गर्ने ।
स्थानीय सरकारको अनुगमन र मूल्याड्ढन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको पार्टी अडिट’, गर्ने स्थानीय सरकार र नेतृत्वको मूल्यांकन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा
उल्लेखित सूचकाड्ढकको आधारमा मूल्याड्ढन गर्ने ।