जनकपुरधाम ११ वैशाख । जनता समाजवादीले जनकपुरधामका मेयरका लागि निवर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाएको छ ।
गएको निर्वाचनमा राष्ट्रिय जनता पार्टी ९राजपा० बाट मेयरमा निर्वाचित भएका लालकिशोर जसपाबाट पूर्व राजपाका नेताहरु बाहिरिएर जसपामा रहेका थिए ।
यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचनको हुने भएको छ ।
उनलाई आज आइतबार पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मेयरको टिकट दिएकी हुन् ।