धनगढी ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आज आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धन राम्रो कामका लागि भएको भए सबैले स्वागत गर्ने बताएका उनले हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर आफुलाई विजयी गराउन समेत आग्रह गरेका छन् ।