झापा ११ वैशाख । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपालाई हराउन कांग्रेस र एमालेले चुनावी तालमेल गर्ने भएका छन् ।
गएको निवार्चनमा अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपाले जितेको लिङदेनको निर्वाचन क्षेत्र कचनकवलमा यस पटक भने राप्रपालाई हराउन केन्द्रमा सत्तागठबन्धन दलले बनाएको मापदण्ड विपरित एमाले र कांग्रेसले तालमेल गर्ने भएका हुन् ।
नियम अनुसार एमालेले सत्ता गठवन्धन सहभागी कुनै दलसँग पनि तालमल गर्न पाउँदैन ।सहमति अनुसार कचनकवलमा अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष एमालेबाट नवराज भट्टराईलाई अघि सारेको छ ।
तथापी, लिने सहमति भएको छ । तालमेल गर्ने विषयमा हस्ताक्षर भने नभएको बताइएको छ ।