काठमाडौं ११ वैशाख । चुनाव नजिकिँदै गर्दा एमालेले धमाधम उम्मेदवारको नाम टुंग्गो लगाएको छ । यसैगरी, चितवन पछि एमालेले नौ वटा पालिका रहेको कञ्चनपुरमा ५ पालिका प्रमुखको टुंग्गो लगाएको छ ।
जसमा पाँच पालिका मध्ये शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्काको टुंग्गो लागेको छ ।
बाँकी रहेको भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवारको टुंगो ल गाउन एमालेले छलफललाई निरन्तरता दिएको छ ।
लालझाडी गाउँपालिकामा भने एमालेले केहि दिन अगाडी नै निर्मल राना र्ससम्मतले चयन गरिसकेको छ ।