दाङको फूलबारीमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा — OSNepal

दाङको फूलबारीमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा

LC (KTM) April 24, 2022 0

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताउनुभयो ।

यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताउनुभयो । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर