केजीएफको चेप्टाइका बीच फिल्म ‘ए मेरो हजुर ४’ले एक सातामा ४ करोड माथि कमायो — OSNepal

केजीएफको चेप्टाइका बीच फिल्म ‘ए मेरो हजुर ४’ले एक सातामा ४ करोड माथि कमायो

LC (KTM) April 22, 2022 0

नेपालमा पनि दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला नेपाली फिल्महरु निरिह देखिने गरेका छन् । तर झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ले भने राम्रै कमाई गर्न सफल भएको छ । दक्षिण भारतीय फिल्म ‘केजीएफ २’सँगै सिनेमा हलमा लागेको यस फिल्मले राम्रो ब्यापार गर्न सक्दैन भन्ने अपेक्षा गरिएको थियो ।

तर नेपालका हलहरुमा तुलनात्मक रुपमा कम शो दिइएको यस फिल्मले लगानी अनुसार राम्रै प्रभाव जमाएको छ । हलमा फिल्म रिलिज भएको पहिलो साता ४ करोड १० लाख रुपैयाँको कमाइ गरेको छ। फिल्मको निर्माण पक्षले साता भरीको बक्स अफिस कलेक्सन ४ करोड १० लाख भएको जानकारी सार्वजनिक गरेको हो।

अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म गत साता बिहीबारदेखि प्रदर्शनमा आएको थियो। अनमोल र सुहाना संगै चक्लेटी हिरोको रुपमा रहेको सलोन बस्नेत पनि रहेका छन् । फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्देशक थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर