निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव लड्न अन्य पेशामा आवद्ध कर्मचारीले धमाधाम राजीनामा दिँदै — OSNepal

निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव लड्न अन्य पेशामा आवद्ध कर्मचारीले धमाधाम राजीनामा दिँदै

LC (KTM) April 22, 2022 0

ओखलढुंगा ९ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि अहिले उम्मेदवार भन्ने लहरले गर्दा मन्त्री सांसद देखि शिक्षकले समेत आफ्नो पदबाट राजीनमा दिइिरहेका छन् । पछिल्लो घटना हो ओखलढुंगाको जहाँ २० जना शिक्षकले राजीनामा दिएका छन् ।

केहिको विविध कारण भएपनि अन्यले भने र्विाचनमा उम्मेदवार बन्न जागिरबाट राजीनामा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइले दिएको जानकारी अनुसार जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरले समेत राजीनामा दिएका छन् । जसको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

त्यसैगरी , हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभुत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको राजीनामा पनि स्वीकृत भइसकेको छ । राजीनामा दिनेमा ५ जना भने अवकाश पाउने रहेका छन् ।

त्यसैगरी, निर्वाचनको मिति घोषणा भएसँगै राजीनामा दिनेमा देवी आधारभुत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो,जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, सरस्वती आधारभुत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभुत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल समेतले राजीनामा दिई राजीनामा स्वीकृत समेत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर