जनकपुरधाम ९ वैशा ख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मेयर पदको उम्मेदवार दिन प्रदेशसभा सचिवालयमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद शेख अवुल कलाम अजादले राजीनामा दिएका छन् ।
सांसद भएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका उनको नाम गढीमाई नगरपालिकामा मेयरको लागि सिफारिस भइरहेको छ ।
त्यसैगरी, मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादव पनि सिराहा नगरपालिकाको मेयर पदको लागि राजीनामा दिने तयारीमा लागेका छन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद परमेश्वर साह सुडी पनि पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको लागि टिकट दिने बितिक्कै राजीनामा दिने तयारीमा बसेका छन् ।
मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री तथा सिराहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित सांसद प्रमोद यादवले पनि सिराहा नगरपालिकामा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका यादवको नाम मेयर पदका लागि एकल सिफारिस भएको हुँदा उनले शनिबारसम्म मन्त्री पदबाट राजीनामा दिनेछन् ।