काठमाडौ ९ वैशाख । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली शनिबारलाई सरेको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने भनिएको बैठक सरेको जानकारी विज्ञप्ती मार्फत गराएका हुन् ।
जारी विज्ञप्त ीमा भनिएको छ , ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ,’ ।
आज बस्ने बैठकमा स्थानीय तह निवार्चनको लागि उम्मेदवारको टुंगो टुंग्गाको विषयमा छलफल हुने भएको थियो ।