काठमाडौ ९. वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना गर्ने माथि कडा जवाफ दिएका छन् ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्दै धरहरा र भ्यू टावर निर्माणको आलोचना गर्ने माथि खनिएका हुन् ।
भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्ने नगरेको भन्दै उनले बडो ठाटका साथ भनेका छन्, ‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउदैनथ्यौं । ‘
गठवन्धनले भ्यू टावर बनाउनु हुँदैन भनेर हिड्दै गरेको बताएका उनले सरकारमाथि आक्रोश पोख्दै भनेका छन्, ‘अनि त्यहाँ के धान फल्छ त धान ?’, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’
भ्यू टावरहरु राष्ट्रको गौरव भएको बताएका उनले गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ? भन्दै धरहरा र भ्यू टावरमाथि आलो चना गर्नेलाई प्रश्न गरेका छन् ।