काठमाडौ ९ वैशाख । जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेको भन्दै जनकपुर कांग्रेसका उपमहानगर सभापतिसहित केही पदाधीकारी तथा सदस्यहरुले सामुहिक राजीनामा दिने भएका छन् । यसरी राजीनामा दिनेमा सभापति मनोज साहल गायतका टोली रहेका छन् ।
आफुले कांग्रेस सिध्याउ न नभइ कांग्रेस बचाउन राजीनामा दिन लागेको बताएका साहले पार्टी ने जसपालाई बुझाउन लागेको भन्दै आपत्ती जनाएका छन् ।
साथै धनुषा जिल्ला सभापति योगेन्द्र पंजियारले पनिआफूहरुको मनोभावना विपरित जनकपुरमा गठबन्धन भएको प्रति आपत्ती जनाएका छन् ।
उनले नगर समितिले राजीनामा दिएर स्वतन्त्र उमेदवारी दिने तयारी भइरहेको जानकारी दिएका छन् ।