काठमाडौ ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेसको लागि गठवन्धन ठुलो अवसर भएको बताएका छन् ।
गठबन्धनको भागबन्डामा चुनौती र अवसर दुवै भएपछि पनि गठवन्धनले आफुहरुलाई ठुलो अवसर दिएको मन्त्री श्रेष्ठले बताएका हुन् ।
.
सबै आफुले नै पाउनुपर्छ भन्ने हो भने आफ्नै हार हुने बताएका उनले भने , ‘गठबन्धन नगर्ने हो भने राज्यसत्ता अरुले नै चलाउँछन् । त्यसैले विरोध गरेर मात्र केही हुनेवाला छैन ।’
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस मन्त्री श्रेष्ठले गठबन्धन गरेपछि सबै ठाउँ आफुले नै पाउनुपर्छ भन्न नमिल्ने बताएका छन् ।
तिनै तहमा मिलेर जाँदा कांग्रेसलाई अवसर मिल्न बताएका उनले अघि भनेका छन् , ‘राजनीति सेवा हो, पेशा वा व्यवसाय होइन । राजनीति गरेपछि इच्छा, आकांक्षा, अभिलाषा स्वाभाविक हुन्छ । टिकट नपाउन्जेल कम्पिटेसनमा जाने हो र टिकट पाउनेलाई नेता मानेर अघि बढ्ने हो ।,
‘मलाई लाग्छ, अब गठबन्धनमा कुनै समस्या आउँदैन । मुख्य कुरा पार्टी हो । पार्टीका लागि त्याग पनि गर्नैपर्छ । तीनै तहमा मिलेर जाँदा कांग्रेसलाई ठूलो अवसर छ ।’