बुटवल ९ वैशाख । स्थानीय तह निर्वाचनको मिति नकिँदै गर्दा पार्टी छोड्ने प्रवेश गर्नेको लहर नै चलेको छ ।यसैगरी नेपाली कांग्रेसका रुपन्देही सिद्धार्थनगरका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार र यादवले मेयरेको टिकट नपाएपछि जसपा प्रवेश गरेका हुन् । दुई अगाडी नै कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका उनलाई शुक्रबार जसपाका नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राईलगायतले पार्टी प्रवेश गर्दै स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्दै यादवले कांग्रेसमा पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएको बताएका छन् । उनले कांंग्रेसमा व्यक्तिवाद हाबी भएको दावी समेत गरेका छन् ।