काठमाडौ ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी छाडेर गएकाहरुलाई पार्टी एकता गर्न आग्रह गरेका छन् ।
बिहीबार कैलालीमा आयोजित कार्यक्रममा प्रचण्डले माओादी छाडेर गएका माओवादी द्धन्द्धकालमा आफ्ना सहकर्मीहरु बाबुराम भट्टराई , मोहन वैध र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एक पटक फेरि पार्टी एकता गरी आग्रह गरेका हुन् ।
पार्टीबाट एक्लिँदै गएका प्रचण्डले पार्टी छाडेर गएकाहरुलाई ओलीको निरंकुश फाँसीवादी प्रवृत्तिलाई परास्त गर्न ढिलो नगरी नेताहरु बाबुराम , वैध र विप्लवलाई आउन प्रचण्डको आग्रह गरेका छन् ।
अब, बिल्कुल ढिलो नगरी अविलम्ब ध्रुवीकरणमा आउन प्रचण्डले आग्रह गरेका हुन् । सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गरेका उनले भने , ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन आग्रह गर्दछु ।’
ओलीको निरंकुश , भयानक अहंकार, सामाजिक फाँसीवादी प्रवृत्तिलाई आफुहरुले पुरै परास्त गरेर जानको लागि वाम एकता आवश्यक भएको बताएका छन् ।